
धादिङ भाद्र १६ । नेपाली कांग्रेस धादिङको भाद्र १८ गते गर्ने भनिएको वडा अधिबेशन झरीका कारण भाद्र २१ गतेलाई सरेको बताईएको छ । केन्द्रीय समितिको भाद्र १८ गते वडा अधिवेशन गर्ने निर्णय भएपनि कांग्रेस धादिङको मंगलबार बसेको निर्वाचन तयारी बैठकले मौसम प्रतिकुलताका कारण भाद्र २१गतेलाई सारिएको जनाएको हो ।
भाद्र २२ गते हुने धादिङको १०४ वटै वडाको कार्यसमितिमा मात्रै २ हजार ४०० जना निर्वाचित हुन्छन् । यस बाहेक १०४ वटा वडा अधिवेशनबाट क्षेत्र र जिल्लाको मतदाताको रुपमा क्षेत्रीय प्रतिनिधिहरू २ हजारको हाराहारीमा निर्वाचित हुने जिल्ला कमिटी सदस्य नवराज तिमल्सिनाले धादिङपोष्टलाई बताए ।
काँग्रेस धादिङले नीलकण्ठ र धुनीबेसी नगरपालिकाका प्रत्येक वडामा सभापति १, उपसभापति २, सचिव २, सह सचिव २,कोषाध्यक्ष १ र सदस्य २७ पदका लागि अधिबेशन गर्न लागेको हो । यस्तै गाउँपालिकाका वडा अधिवेशनले सभापति १, उपसभापति २, सचिव २, सह सचिव २, कोषाध्यक्ष १ र सदस्य २२ निर्वाचित गराउने छ ।


