गजुरी बञ्चरेडाँडामा करेन्ट लागेर दुई मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, भदौ १४, २०७८

धादिङ भाद्र १४ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित बञ्चरेडाँडामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । एनसेल मोबाइलको तार बनाउने क्रममा बिजुलीको पोलमा भर्याङ राख्दा मृत्यु हुनेमा स्याङ्जा पुतली बजारका विमल परियार र पोखराका उमाकान्त बराल रहेकाे प्रहरीले जनाएको छ ।

मृतक दुईजनाको शव पोष्टमार्टमको लागि गजुरी प्राथमिक उपचार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।