
धादिङ भाद्र १४ । आज अगष्ट ३० अर्थात विश्व वेपत्ता विरुद्धको दिवस । सन् २०११ सालबाट नेपालमा पनि मानवअधिकारकर्मी र रेडक्रसले यो दिवस नियमित रुपमा मनाउँदै आएका छन् । नेपालमा तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धका क्रममा धादिङ जिल्लाबाट मात्र २६ जना मानिसहरु वेपत्ता भएका छन् । तात्कालिन माओवादी र सरकार बीच शान्ति सौझौता भए अहिले सम्म पनि शान्ति साम्झौतामा उल्लेख भएका निर्णयहरु पूर्णरुपमा कार्यान्वय आउन नसकेकोमा वेपत्ता परिवारहरु चिन्तित बनेका छन् ।
धादिङका जिउँदा सहिदका रुपमा चिनिने राज्य पक्षबाट दुई भाई छोरा वेपत्ता पारिएका माओवादी केन्द्रका नेता रामबहादुर भण्डारी आफ्नै पार्टी पटक पटक सत्तामा पुग्दा पनि वेपत्ता सार्वजनिक नहुदा आग्मग्लानी भएको बताउँछन् । राजनीतिको मुलधारमा आफ्नै पार्टी छ, जनयुद्धले नेपाली राजनितिमा ठुलो उपलब्धी गरेको छ तर पनि त्यहि जनयुद्धको क्रममा वेपत्ता भएका व्यक्तिहरु सार्वजनिक गर्न नसक्दा आत्मग्लानी हुनेगरेको नेता भण्डारी बताउँछन् ।
नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको दशक लामो जनयुद्धको क्रममा सुरक्षाफौज र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०तर्फबाट ९ सय हाराहारी मानिसहरु अझै पनि बेपत्ता नै छन् । इन्सेकको तथ्याङ्क अनुसार राज्यपक्षबाट ८ सय २४ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट १ सय ८ जना गरी ९ सय ३२ जनालाई बलपूर्वक बेपत्ता पारिएकोमा उनीहरुको अवस्था हालसम्म अज्ञात नै छ । यस मध्य धादिङ जिल्लाबाट २६ जना अहिले पनि वेपत्ता छन् ।
वेपत्ता परिवारले आफ्ना सन्तान खोजविनको लागि पहल गरिदिन भनेर सरकार सँग हार गहार गरेको वर्षौ भईसक्यो तर सरकारले अझै यो काम टुङ्गोमा पुर्याउन सकेको छैन ।
यी हुन् धादिङका वेपत्ताहरु
