थाक्रे अर्मखुका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

Avatar photo
Dhadingpost
आइतवार, भदौ १३, २०७८

धादिङ भाद्र १३ । धादिङको थाक्रे गाउँपालिका ३ अर्मखुका माओवादी केन्द्रका कार्यकर्ताहरु शनिबार एमालेमा प्रवेस गरेका छन् । नेकपा एमाले थाक्रे ३ को वडा स्तरीय भेलामा नेकपा माओवादी केन्द्र थाक्रे ३ का पार्टी अध्यक्ष निकेश तामाङ सहित एक सय भन्दा बढी माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रबेश गरेको एमाले थाक्रे संगठन कमिटिका अध्यक्ष इश्वर अर्यालले बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले थाक्रेका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले एमालेको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण कार्यक्रम थाक्रेमा केही दिन अगाडीबाट सुरु भैसकेको जानकारी गराएका थिए । एमाले थाक्रेमा फुटेको छैन चोईटिएर जानेहरु पनि छिट्टै फर्कनेवालामा छन् एमाले जनताको मन मनमा रहेको छ । सुखि नेपाल, समृद्ध नेपाल एमालेको नारा साकार पार्न एमालेलाई कसैले रोक्न नसक्ने आचार्यले बताएका थिए । नव प्रवेसीहरलार्य आचार्यले अबिर र खादा लगाएर सम्पुर्णलाई स्वागत गराएका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य गोकर्ण रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य कुमार बैरागी लगायत एमालेबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु लगायत अन्यको सहभागिता रहेको थियो ।