
धादिङ भाद्र १३ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय भेला काठमाडौंमा हाईटेक प्रविधिमार्फत आजबाट सुरुभएको छ ।
वाईसीएलले सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडेर भेलामा हाइटेक प्रविधि अपनाएको हो । काठमाडौंमा केन्द्रीय नेताहरुको उपस्थिति र सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडिएको कार्यक्रमको प्रशंशा भएको छ । यस राष्ट्रिय भेलामा धादिङबाट प्रतिनिधी भएर ५ जना र स्वयम् सेवकको भुमिकामा ३ जना सहभागि छन् ।
धादिङबाट प्रतिनीधि तर्फ सहभागि हुनेमा केन्द्रीय सदस्य चन्द्र बहादुर सिलवाल मिलन, जिल्ला संयोजक राजाराम रिजाल, प्रदेश सदस्यहरु रोमी घले, दुर्गा अधिकारी, इश्वर बस्नेत र सन्तोष डल्लाकोटी, र राजन अधिकारी छन् । यस्तै स्वयम सेवीको भुमिकामा राजन लम्साल, रोहित गुरुङ र अनिल घले छन् ।
भेलालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको समयमा भन्दा युवाहरु स्खलित भएको भन्दै अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेको बताए । ‘हिजो युवाहरुमा अप्ठेरो कामको जिम्मा आफूले पाउन पाए हुन्थ्यो भन्ने थियो, अहिले मलाइ यो पदमा पठाइयोस् भन्ने प्रवृत्ति देखिएको छ’ उनले भने ।
माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको भन्दै प्रचण्डले बताए । उनले राष्ट्रिय राजनीतिमा अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने पनि बताए । ‘हामी पनि उस्तै भयौं भने अलग्गै किन हुनुप¥यो, त्यहीँ गएर बसे भइगो नि ।’