
धादिङ भाद्र १२ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ हजारेका एमाले कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेस गरेका छन् ।
हजारे गाउँबाट बलवीर तामाङ र अनिल तामाङको नेतृत्वमा एमालेका सक्रिय २५ जना बन्दा बढी कार्यकर्ताहरु शुक्रबार माओवादी केन्द्रमा प्रवेस गरेको दिपक तामाङले जानकारी दिएका छन् ।
नव प्रवेसीहरुलाई माओवादी केन्द्र नेत्रावती डवजोङका अध्यक्ष प्रेम तामाङ, गोपाल गुरुङ र ठाकुर सापकोटाले प्रवेस गराएका थिए ।