हुलाक टिकट विक्रि गर्दा बढी पैसा लिन नपाईने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १०, २०७८

धादिङ भाद्र १० । जिल्ला प्रशासन कार्यालय धादिङले हुलाक टिकटको तोकिएको मुल्य भन्दा बढी नलिन विक्रेताहरुलाई निर्देशन गर्दै सूचना जारी गरेको छ ।

प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितद्वारा जारी सूचनामा भनिएको छ बजारमा तोकिएको मुल्य भन्दा बढी मुल्यमा टिकट विक्रि भएको भन्ने जनगुनासो आएकोले बढी मुल्यमा टिकट विक्रि नगर्न नगराउन जानकारी गराईन्छ ।

नेपालमा हुलाक सेवा सुरु भएको १४३ वर्ष भइसकेको छ । राणा प्रधानमन्त्री रणोद्विप सिंहको पालामा विक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भएको थियो । त्यसको तीन वर्षपछि १९३८ सालबाट मात्र टिकट प्रकाशन थालनी भएको हो ।

नेपाल हुलाक घर स्थापनापछिको तीन वर्ष भारतले प्रकाशन गरेका टिकटलाई नै प्रचलनमा ल्याइएको थियो । शाखा अधिकृत नेपालका अनुसार नेपालमा एक आना, दुई आना र चार आनाका टिकट पहिलोपटक प्रकाशनमा ल्याइएको थियो । ती टिकटमा एक आना, दुई आना र चार आनाको तामाको ढ्याक (सिक्का) अङ्कित गरिएको थियो । तत्कालीन समयमा १६ आनाको एक रुपियाँ मानाङ्क गरिएको थियो ।