नेत्रावती डब्जोङमा अध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १०, २०७८

धादिङ भाद्र १० । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्ष दुर्गा कुमार शाक्य र प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेल बीचको लफडाले उघ्र रुप लिन थालेको छ ।

गाउँपलिकाको विकास वजेट सुत्रवद्ध गर्ने सिलसिलामा प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिका अध्यक्ष सँग कुनै परामर्श नगरेको र कतिपय वजेट आफु अनुकुल विनियोजन समेत गरेपछि विवाद सुरु भएको बताईएको छ । काठमाडौं स्थित एक होटलमा एमालेका नेताहरुको उपस्थितिमा पालिका अध्यक्ष शाक्यले प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेललाई बोलाई तथानाम गाली गलौज गरेपछि झण्डै हात हालाहालको स्थिति भएको स्रोतले बतायो ।

कुनै एक ठाउँकै मात्रै सार्वजनिक स्थानमा बनेको टहरा भत्काउने निर्णयमा होस् या महेन्द्र बाराही विद्यालयको जग्गा खरिदको विषयमा होस् या विकास वजेट विनियोजनमा प्रमुख प्रशासकीय अधिकृत पौडेल र पालिका अध्यक्ष शाक्यको एकमत थिएन । पछिल्लो काठमाडौंको विवाद साङ्केतिक मात्रै भएको स्थानीयहरु बताउँछन् ।

नेता पनि आफै, कर्मचारी पनि आफै, वजेट विनियोजन पनि आफै गर्ने गरेपछि त्यसो नगर्न भनेको हुँ । जनप्रतिनीधिलाई छलेर आफु अनुकुल काम गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई नभएकोले आफुले त्यसो नगर्न चेतावनी स्वरुप सम्झाएको अध्यक्ष शाक्य बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेलले भने आफुलाई काठमाडौं बोलाएर पालिका अध्यक्ष अपशब्द बोल्नुभयो । त्यसलाई आफुले गम्भीर रुपमा नलिएको बताए । बजेट सल्लाहमै बनेको हो, उहाँले कुनै एउटा क्षेत्रमा मात्रै वजेट हाल्न दवाव दिनुभएको थियो । आफुले सबै क्षेत्रमा हाल्नु पर्ने बताएको हुँ समान्य वादविवाद स्वभाविक भएको उनी बताउँछन् ।