नीलकण्ठ माविमा कक्षा ५ सम्म भौतिक उपस्थित मै पढाई सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ८, २०७८

धादिङ भाद्र ८ । धादिङको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयले जिल्लामा कोरोना संक्रमण दर घटे सँगै आजबाट कक्षा ५ सम्म भौतिक उपस्थितिमा पठनपाठन सुरुगरेको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर कक्षा ५ सम्म भौतिक उपस्थितिमा र अन्य कक्षाको पढाई भर्चुअल नै कायम रहेको नीलकण्ठ माध्यामिक विद्यालयले जनाएको छ । नीलकण्ठले सुरु गरे सँगै जिल्लाका अन्य विदालयले पनि भौतिक उपस्थिति मै पठन-पाठनको तयारी गरेका छन् ।

निशेधाज्ञा नाम मात्रैमा सिमित छ, दलका मास केन्द्रित कार्यक्रम भएकै छन्, भेला बैठकहरु भईरहे कै छन्, कोरोना संक्रमण दर पनि घट्दो छ यस्तो अवस्थामा विद्यालय मात्रै बन्द गराएर विद्यार्थीको पठन-पाठनमा अवरोध सृजना गर्न नहुने आवाजहरु धादिङमा उठ्न थालेका छन् ।