
धादिङ भाद्र ८ । नेपाली कांग्रेस धादिङले केन्द्रीय समितिको निर्णय अनुसार भाद्र १८ गते जिल्लाका १०४ वटै वडाहरुमा अधिवेशन गर्ने तयारी गरेको जिल्ला कमिटी सदस्य नवराज तिमल्सिनाले बताएका छन् । तिमल्सिनाका अनुसार धादिङको १०४ वटा वडाको कार्यसमितिमा मात्रै २ हजार ४०० जना निर्वाचन हुन्छन् । यस बाहेक १०४ वटा वडा अधिवेशनबाट क्षेत्र र जिल्लाको मतदाताको रुपमा क्षेत्रीय प्रतिनिधिहरू २ हजारको हाराहारीमा निर्वाचित हुनेछन् ।
वडा अधिवेशनका सम्पन्न गर्नका लागि अधिवेशन खुल्ला सत्र र बन्द सत्र गरी २ वटा सत्र संचालन गर्नु पर्ने यसो गर्दा सांगठनिक, राजनितिक, तथा आर्थिक प्रतिवेदन पेश सँग वहस तथा छलफल हुन पाउने सुझाव आएको समेत तिमल्सिनाले बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसीर ९ देखि १३ गते गर्ने केन्द्रिय समितिको निर्णय सँगै भाद्र १८ गते देशभरका ६ हजार ७४३ वटा वडाहरुमा वडा अधिवेशन हुँदैछ ।
कांग्रेसले पाँच पटक महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । तर विधानले दिएको थप एक वर्षको सुविधा र संविधानको ६ महिनाको समय पनि गुजार्दै कांग्रेसले मंसिरमा महाधिवेशनको मिति तोकेको हो ।
यस्तो छ निर्वाचन तयारी

