
धादिङ भाद्र ७ । धादिङबेसीमा रहेका नेवार समुदायले हरेक वर्ष व्याङ्ग्यात्मक शैलीमा गाईजात्रा मनाउँदै धादिङबेसी बजार क्षेत्र परिक्रमा गर्ने चलनलाई परिवर्तन गर्दै यसवर्ष फरक ढंगले मनाएको छ ।
मृतक आफन्तको सम्झनामा गाईको स्वरुप बनाई प्रसाद वितरण र बजार परिक्रमालाई यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण बीचबजारमा यस वर्ष निधन भएका आफन्तहरुको फोटो राखि चीर शान्तीको कामना गरि गाईजात्रा मनाईएको झिगुः नेवा समाज धादिङले जनाएको छ ।
गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुष सम्झनामा भन्ने बुझ्ने यो परम्परा यो पटक धादिङमा देखिएन ।
नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ ।
तर एक संस्कृतिविद्ले प्रताप मल्लको शासनकाल भन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताए । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् ।