दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङ गठन

Avatar photo
Dhadingpost
आइतवार, भदौ ६, २०७८

धादिङ भाद्र ६ । बेनीघाट रोराङका दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङको तदर्थ समिति गठन भएको छ ।

धादिङबेसी स्थित क्रिक रिसोर्टमा आर्ईतबार भएको भेलाले कडेलको अध्यक्षमा १५ सदस्यीय जिल्ला तदर्थ समिति र देवराज घलानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङमा प्रमुख आतित्थ्यतामा भएको उक्त भेलामा नीलकण्ठ नगरपालिकाका जनप्रतिनीधि गोपी कृष्ण भण्डारी, जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापा, पत्रकार महासंघ धादिङ अध्यक्ष राजाराम शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

नव निर्वाचित समितिलाई नीलकण्ठ नगरपालिकाका शिक्षक उत्तम भट्टले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मार्फत क्रिकेट बल प्रदान गरेका छन् ।

यस्तो बन्यो १ सदस्य पछि थप्ने गरि क्रिकेट संघ धादिङको तदर्थ समिति
अध्यक्षः दिपेश कडेल
उपाध्यक्षः नारायण सिलवाल
महासचिवः मनिश दुवाडी
सचिवः सन्दिप सापकोटा
कोषाध्यक्षः ठाकुर ढकाल
सह-सचिवः रामबहादुर रानामगर
सदस्यहरुः
साम्भावी थापा
श्रीकृष्ण भण्डारी (अनमोल)
अनिश अधिकारी
सन्तोष पाण्डे
रविन्द्र सापकोटा
दिपेन्द्र शाह
सुजन भट्टराई
जितेन्द्र श्रेष्ठ

सल्लाहकार समिति
संयोजकः देवराज घलान
सदस्यहरु
रामहरि थापा
गोपी कृष्ण भण्डारी
सुदिप गौली
राजाराम शर्मा