
धादिङ भाद्र ६ । नेकपा एमालेका नेता तथा धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले नेता तथा कार्यकर्ताहरुलाई आफ्नो मुल पार्टी नेकपा एमालेमा नै रहन र फुटको पक्षमा नलाग्न आव्हान गरेका छन् ।
शनिबार धादिङबेसी क्रिक रिसोर्टमा नेपाल पक्षको युवा संघको भेला र मदन आश्रित हलमा एमाले निकट अनेरास्ववियुको कार्यक्रम थियो । विगतमा एउटै मञ्चमा देखिने नेताहरु पार्टी विभाजन पछि हिजो फरक-फरक ठाउँमा देखिए ।
कार्यकर्ता ताना तानको अवस्था चलिरहेको अवस्थामा बागमती प्रदेशका निवर्तमान राज्यमन्त्री समेत रहेका सांसद अधिकारीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै विश्व कम्युनिस्ट आन्दोलनलाई धोस्त पार्न चाहनेहरुलाई सहयोग पुग्ने गतिबिधि नगर्न र एमाले मै बस्न आव्हान गरेका हुन् ।
धादिङमा पछिल्लो समय अधिकारी विकास प्रेमी, शालिन, बौद्धिक र विवादित विषयमा टिप्पणी गरि नहाल्ने नेताका रुपमा परिचित थिए नेता बामदेव गौतम निकट मानिने उनी पार्टी एकताको लागि गुटमा नरहने बताउँदै आएका थिए ।