
धादिङ भाद्र ५ । पछिल्लो २४ घण्टाको अवधिमा मुलुक भरमा २ हजार ७५ कोरोना संक्रमित थपिएका छन् भने, ३० जनाको मृत्यु जनाको मृत्यु भएको छ । निबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ७५ नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
तीमध्ये एक हजार ४२४ जना पीसीआर र ६५१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्। गत २४ घन्टामा सात हजार ७०३ पीसीआर र पाँच हजार ३७२ जनाको एन्टिजेन परीक्षण भएका थिए।
उक्त अवधिमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।
धादिङमा भने यो पछिल्लो २४ घण्टामा धादिङ्ग हस्पिटलमा २० एनटीजेन परिक्षण मध्ये ६ जना पोजिटिभ आएको छ । डिस्चार्ज हुनेको संख्या २५ रहेको छ । जिल्लाको सक्रिय केश १९६ छ । हस्पिटल आइसोलेसनमा ७ र होम आइसोलेसनमा १८९ रहेका छन् ।