केपी ओली राष्ट्रको कलंक हो -राजेन्द्र पाण्डे

Avatar photo
Dhadingpost
शनिबार, भदौ ५, २०७८

धादिङ भाद्र ५ । नेकपा एमाले विभाजन हुँदै बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं धादिङ प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले केपी शर्मा ओली राष्ट्र कै कलंक भएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ धादिङको प्रथम विस्तारित बैठकका प्रमुख अतिथि समेत रहेका नेता पाण्डेले केपी ओलीले एमाले मात्रै है नेपाली कम्युनिष्ट पार्टी नै सिध्याउने प्राय निश्चित भए पछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको दावी गरे ।

पूर्वमन्त्री समेत रहेका पाण्डेलले केपी ओली कहिल्यै कम्युनिष्ट एकताको पक्षमा नरहेको र माधव नेपाल कै दवावामा माओवादी केन्द्र सँग एकता हुँदै नेकपा बनेको समेत बताएका थिए नेकपा नबनेको थियो भने एमालेले ५० सिट मात्रै जित्थ्यो ।

माओवादी सँग एकता भयो ८० सिट र समानुपातिक सहित १२१ सिट जितियो यो महसुस केपीले कहिल्यै गरेनन । हुँदा-हुँदा केपीले एमालेको एउटा गुटको नेतृत्व गर्न थाले अन्तत: मनोगत ढंगले पार्टी चलाउन थाले, यो भएसँगै एमाले पुनरगठन नगरिए कम्युनिष्ट आन्दोलनमा ठुलो क्षेति हुने भएकाले केपी ओलीलाई छाडेर नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको पाण्डेको भनाई थियो ।

यो गठबन्धन चुनावमा समेत सँगै हुन्छ -बुर्लाकोटी

नेकपा एकीकृत समाजवादी पार्टीका नेता गुरु बुर्लाकोटीले अहिले कपी ओली प्रवृति विरुद्ध बनेको गठबन्धन आगामी चुनावमा पनि मिलेरै जाने खुलासा गरेका छन् । उनले चुनाव चिन्ह प्रधान हैन विचार प्रदान हो हामी विचार र योजना दिन्छौ तमाम युवाहरु अभियानमा निस्कन आव्हान गरेका आव्हान गरे ।

केपी ओलीका जर्नेलहरु अहिले आवेशमा छन्, धम्की आउलान् युवा साथीहरु त्यास्ता जर्नेलहरु विरुद्ध लाग्न निर्देशन गर्दै अब तलदेखि माथि सम्म बन्ने संगठानात्मक संरचनामा नेतृत्व गर्न तयार रहन समेत नेता बुर्लाकोटीले निर्देशन गरेका थिए ।