‘सी’ लिग छनौटमा धादिङका ३ क्लवले को-को सँग खेल्दै

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ४, २०७८

धादिङ भाद्र ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

भदौ १० गतेबाट ७८ क्लबले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा धादिङका ३ वटा क्लवले समेत भाग लिँदै छन् । धादिङबाट सहभागि ३ टिम मध्य लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी एउटै ‘F’ समुहमा परेका छन् । भाद्र १६ देखि २० गते सम्म चल्ने यस पोलको पहिलो खेल पनि लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी बीच नै हुने भएको छ । यस्तै धादिङको अर्को टिम चक्रदेवी सामुदायीक समाज नलाङ चाहि ‘Q’ समुहमा परे सँगै धोलाहिटी युवा क्लव, संयुक्त नमुना युवा क्लव सँग खेल्ने भएको छ

हरेक दिन दुई खेल हुनेछ । पहिलो दिन सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसीबीच खेल हुनेछ । दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेडबीच खेल हुनेछ ।

खेल तालिकामा प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् । हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।