धादिङमा कोराना संक्रमितको सक्रिय केस अझै २१५, आज ७ जना थपिए

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ४, २०७८

धादिङ भाद्र ४ । जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार धादिङमा अझै कोरोनाको सक्रिय केस २१५ जना रहेको छ जसमा ७ जना आज थपिएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा थपिएका संक्रमितहरु धुनीबेसीमा १, बेनीघाट रोराङमा २ र धादिङ हस्पिटलमा ४ गरी ७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ । हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।