सलाङमा धादिङ जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ४, २०७८

धादिङ भाद्र ४ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङ स्थित इटपानीमा महिलाहरुको पर्व तिजको अवसरमा जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

सलाङको मनकामना खेलकुद समितिले आयोजना गर्ने उक्त प्रतियोगितामा सहभागिले खेलाडी धादिङ जिल्लाको हो भनी खुल्ने कागजात पेस गर्नू पर्ने नियम राखिएको सोम श्रेष्ठले बताए ।

प्रथम पुस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुस्कार १५ हजार र सान्तोना पुरस्कार ५ हजार राशी रहेको उक्त प्रतियोगितामा खेलाडीलाई खेलअवधी भर निशुल्क आवास सुविधा दिने समेत आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा सहभागि हुन इच्छुक महिला टिमले भाद्र २१ गते भित्र आयोजकले तोकेको मापदण्ड अनुसार टिम दर्ता गनु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बारेमा थप जानकाी लिनु परेमा आयोजकले ३सम्पर्क नं खेल सम्योजक. सोम श्रेष्ठ 9803403435, 9866999606 र भीम थापा 9803577352 को मोबाईल नम्बर समेत सार्वजनिक गरको छ ।