
धादिङ भाद्र ३ । सिद्धलेक गाउँपालिका स्थित नलाङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रतिमा तिमल्सिनाको धादिङबेसी स्थित शान्तबजार रहेको कोठा फोडेर नगद २ लाख चोरी भएको छ ।
बुधबार दिउँसो कोठामा कोही नभएको मौका छोपी ढोकामा लगाएको ताला फोडेर दराज भित्र रहेका नगद २ लाख चोरी भएको स्वास्थ्यकर्मी तिमल्सिनाले धादिङपोष्टलाई बताईन् ।
शान्तबजार रेडियो धादिङ जाने बाटो छेउमा रहको मेरो कोठा चोरी भएको बेलुका हिजो साँझ मात्रै थाहा पाएँ त्यस पछि तत्काल प्रहरीलाई खवर गरे चोरीमा संलग्नको हुलिया समेत प्रहरीलाई जानकारी गरेको उनले बताईन् ।
प्रतिमा तिमल्सिनाको सँगैको सुनिल इटनीको कोठाको ढोका समेत चोरले फुटाएको थियो । सदरमुकामका हुन सक्ने यस्ता घटनाक्रमहरुलाई निग्रानी गर्न धादिङबेसी सदरमुकाममा नीलकण्ठ नगरपालिकाले ३८ वटा सीसी क्यामरा जडान गरेको भएता पनि हाल ६ वटा क्यामराले मात्रै काम गरेको पाईएको छ ।