किसान महासंघ धादिङद्वारा आयोग खारेजीको विरोध गर्दै हस्ताक्षर संकलन

Avatar photo
Dhadingpost
सोमवार, साउन ३२, २०७८

धादिङ साउन ३२ । अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति धादिङले सरकारले भुमी सम्बन्धि समस्या समाधान आयोग खारेजीको बिरोधमा संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।

आयोग खारेजीको बिरोधमा रहेको किसान महासंघले तत्काल आयोग खारेजीलाई सच्याउँदै भुमीहिनहरुलाई जग्गा उपलब्ध गराउन माग गर्दै आएको छ ।

अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति धादिङले धादिङबेसि, महादेबबेसि, लगायत जिल्लाका विभिन्न स्थानमा संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो ।

७७ वटै जिल्लामा पदाधिकारी नियुक्ति र कार्यालय खडा गरेको थियो । उक्त आयोगले भूमिहीन र सुकुम्बासीका नाममा जग्गा वितरण गरेर राजनीति प्रेरित काम गरेको आरोप लागेको थियो । उक्त आयोग देउवा सरकारले खारेज गरिदिएको छ ।