नेपाल पक्षिय युवा संघद्वारा धादिङबेसीमा मास्क वितरण

Avatar photo
Dhadingpost
सोमवार, साउन ३२, २०७८

धादिङ साउन ३२ । धादिङबेसी पुछार बजार चोक (एमाले चोक) मा नेकपा एमाले माधव नेपाल पक्षधर युवा संघ धादिङले, यात्रा समृद्धिको, लक्ष्य समाजवादको भन्ने नारा भएको व्यानर बोकेरा मास्क नलगाई हिड्नेलाई मास्क वितरण गरेको छ ।

सोमबार बिहान पुछार बजार जनिकै पशुपति मन्दिर परिषरमा मास्क नलगाई सयौं महिलाहरु पुजाका लागि देखिन्थे भने एमाले चोकले परिचित पुछारबजार चोकमा युवा संघका कार्यकर्ताहरु मास्क नलगाई सडकमा हिड्नेलाई मास्क वितरण गरि रहेका थिए ।

बागमती प्रदेश भित्रका सबै जिल्लामा कोभिड–१९ को डेल्टा भेरियन्ट विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत मास्क नलगाई हिड्नेहरुलाई मास्क कार्यक्रम अनुसार धादिङमा पनि मास्क वितरण गरिएको युवा संघ धादिङले जनाएको छ ।