
धादिङ साउन ३२ । साउन महिनाको आज अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्ने गर्दछन् ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दैछन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड नदेखिए मन्दिर परिसरमा अधिकांश महिलाहरु बिना मास्कै पुजामा सहभागि भएको देखियो ।
धादिङबेसी स्थित पशुपति मन्दिर परिशरमा कतिपय महिलाहरु आफुनो अनुहारको सन्दौर्य छोपिने डरले मास्क नलगाएको पाईयो भने कति पय महिलाहरु अरुले त लगाएका छैनन् भन्दै लगाएको कास्क समेत निकालेर पुजामा सहभागि भएका छन् ।
साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।
साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।