
धादिङ साउन ३१ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ३६ जनामा कोरोना संक्रमण देखिएको छ भने यहि अवधिमा २३ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा धुनीबेसीमा १, गल्छीमा २, गजुरीमा ४, ज्वालामुखीमा १०, बेनीघाटमा १, त्रिपुरासुन्दरीमा ३, गंगाजमुनामा ५, सिद्धलेकमा ३, रुवीभ्यालीमा ३ र धादिङ हस्पिटलमा ४ गरी ३६ जना छन् ।
जिल्लाको सक्रिय केश ३१६ पुगेको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा ८ र होम आइसोलेसनमा ३०८ रहेका छन् ।
निलकण्ठमा आज ४१ स्वाब संकलन भएको छ । १०७ एनटीजेन परिक्षण मध्ये ३० पोजिटिभ आएको छ ।
यस्तै आज देशभरमा पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १०६ नमुना परीक्षण गर्दा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । ८ हजार ८८ जनाको आरटी पीसीआर र ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआरबाट एक हजार ७९३ र एन्टिजेनबाट ४१९ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ३२ हजार २७२ र एन्टिजेनबाट ७५ हजार १३० जनामा कोरोना पुष्टि भएको छ।