
धादिङ साउन ३० । धादिङमा स्वास्थ्य कार्यालयले सार्वजनिक गर्ने दैनिक कोरोना अवस्थालाई हेर्ने हो भने कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको देखिन्छ ।
पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा १२ जना मात्रै कोरोना संक्रलमितको संख्या थप भएको छ । जसमा नीलकण्ठमा १, गल्छीमा १, त्रिपुरासुन्दरीमा ३, रुबीभ्यालिमा १ र धादिङ हस्पिटलमा ६ जना छन् ।
यहि अवधिमा धादिङमा डिस्चार्ज हुनेको संख्या ३७ रहेको छ । यो संगै धादिङको सक्रिय केश ३०३ मा झरेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १२ र होम आईशोलेसनमा २९१ रहेका छन् । ७२ एनटीजेन परिक्षण मध्ये १२ पोजिटिभ आएको छ ।
आज देशभरमा दुई हजार ६२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुना परीक्षण गर्दा दुई हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो ।
८ हजार ६६७ जनाको आरटी पीसीआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआरबाट एक हजार ९४७ र एन्टिजेनबाट ६७७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ३० हजार ४७९ र एन्टिजेनबाट ७४ हजार ७११ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ८० हजार ८१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

