चैनपुरका ५० वर्ष देखि फरार हुतराज छत्कुली सहित १० अभियुक्त पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २९, २०७८

धादिङ साउन २९ । जिल्ला प्रहरी कार्यालय धादिङले विज्ञप्ती जाी गर्दै ५० वर्ष देखि फरार रहेको अभियुक्त हुतराज छत्कुली सहित अन्य मुद्धामा फरार रहेका १० जनालाई पक्राउ गरिएको जनाएको छ ।

चैनपुरका हुतराज छतकुली ज्यान मार्ने उद्योग मुद्दामा २०२८ साल चैत्र ३० गते जिल्ला अदालत धादिङले १० वर्षको कैद सजाय सुनाए सँगै फरार रहेका थिए उनलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले चितवन खैरहनी १२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

यस्तै फैसला कार्यान्वयनकै शिलसिलामा मिति २०७८।०४।०१ गते देखि हालसम्म निम्न मुद्दाका सजाँय तोकिएका निम्न १० जना प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालत समक्ष फैसला कार्यान्वयनको लागि पेश समेत प्रहरीले जनाएको छ ।

१. बैदेशिक रोजगार ठगी मुद्दामा १ बर्ष ६ महिना कैद र १,५०,०००।– ९एक लाख पचास हजार रुपैया जरिवाना सजाय तोकिएको जिल्ला धादिङ निलकण्ठ ९ मुरलीभज्याङ बस्ने बर्ष ४२ को हरि बहादुर तामाङलाई मिति २०७८।०४।१६ गते पक्राउ गरिएको ।

२. सवारी ज्यान मुद्दामा २ दिन कैद र २,०००।– जरिवाना सजाँय तोकिएको जिल्ला धादिङ बेनिघाट रोराङ ६ बस्ने टंक नारायण श्रेष्ठको छोरा बर्ष ३१ को अनिल श्रेष्ठ र २ महिना २१ दिन कैद र रु।२,०००।– ९दुई हजार रुपैया ० जरिवाना सजाँय भएको ऐ.ऐ. बस्ने दिल बहादुर थापाको छोरा बर्ष २६ को अमित थापालाई मिति २०७८।०४।१७ गते र २१ दिन कैद तोकिएका ऐ. बस्ने खड्क बहादुर भुजेलको छोरा बर्ष ३५ को प्रकाश भुजेललाई मिति २०७८।०४।१८ गते पक्राऊ गरिएको ।

३. लागु औषध ब्राउन सुगर मुद्दामा २,०००।– जरिवाना र खैरो हेरोईन मुद्दामा ५ बर्ष ४ महिना २० दिन कैद र ५,०००।– जरिवाना तोकिएका जिल्ला धादिङ बेनिघाट रोराङ ७ बस्ने भुमिनन्द कोईरालाको छोरा बर्ष ३१ को नारायण कोईरालालाई मिति २०७८।०४।१७ गते पक्राऊ गरिएको ।

४. गाली बेईज्जती मुद्दामा रु। १२५।– जरिवाना तोकिएको जिल्ला धादिङ बेनिघाट रोराङ ७ बस्ने बर्ष ४५ की मनमाया थापालाई मिति २०७८।०४।१७ गते पक्राऊ गरिएको ।

५. रक्तचन्दन ओसार-पसार मुद्दामा ७०,२१०।– जरिवाना तोकिएको जिल्ला धादिङ गल्छी ७ बस्ने रामलाल श्रेष्ठको छोरा बर्ष ३९ को भाईराजा श्रेष्ठ भन्ने रामराज श्रेष्ठलाई मिति २०७८।०४।१८ गते पक्राऊ गरिएको ।

६. सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद र ५०।– जरिवाना तोकिएको जिल्ला धादिङ ज्वालामुखी ३ बस्ने न्याउरे मगरको छोरा बर्ष २२ को सुमन मगरलाई मिति २०७८।०४।१९ गते पक्राऊ गरिएको ।

७. बहु-बिवाह मुद्दामा ११ महिना १८ दिन कैद र रु।५,०००।– जरिवाना तोकिएका जिल्ला धादिङ गल्छी ८ गोगनपानी बस्ने बर्ष २८ को कृष्ण बहादुर नेपालीलाई मिति २०७८।०४।२० गते पक्राऊ गरिएको ।