नेपाल तेक्वादो संघ धादिङको अध्यक्षमा पुन: प्रदिप गिरी निर्वाचित

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २९, २०७८

धादिङ साउन २९ । धादिङबेसीमा सम्पन्न नेपाल तेक्वान्दो संघ धादिङको अधिवेशनबाट अध्यक्षमा पुन: प्रदिप गिरी निर्वाचित भएका छन् । गिरी केहि महिना अघि पनि संघको विस्तारित भेलाबाट पनि अध्यक्ष भएका थिए ।

संस्थाको विधान अनुरुप आज भएको तेस्रो साधाण सभा तथा अधिवेसनबा गिरी अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति बनेको हो ।

अधिवेशन उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले आफु खेलप्रेमी जनप्रतिनीधि भएको र खेलकुद विकासका लागि नगरपालिकाले विशेष योजना बनाई खेलकुद र पूर्वाधार विकासको लागि जोड दिएको बताएका थिए ।

खेलकुद विकासका लागि योजना ल्याउनुस्, वजेट अभाव हुन दिन्न, हरेक खेलकुदका विधामा नीलकण्ठ अगाडी रहोस् भन्ने आफ्नो चाहाना रहेको समेत नगर प्रमुख ढुङ्गानाले बताउनु भयो ।

शुभकामना मन्तव्य कै क्रममा नगर प्रमुखलाई इङ्कित गदैै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले नीलकण्ठले राष्ट्रपति शिल्ड प्रतियोगिता समेत नगराएकोले बोली र व्यवहारमा समानता नदेखिएको बताएका थिए ।

खेलकुदका अध्यक्ष तामाङलाई उत्तर दिँदै आफुले जानी जानी राष्ट्रपति रनिङ शिल्ड नगराएको हुँ, नीलकण्ठले मात्रै हैन यहि मापदण्डले अब अन्य स्थानीय तहहरुले समेत यो प्रतियोगिता गर्न छाडि सके, नाम चाहि राष्ट्रपति रनिङ शिल्ड बजेट चाहि खेलाडीलाई ग्लुकोज खान समेत नपुग्ने वजेट, त्यहि भएर नगराएको हुँ । तर नगरपालिकाले खेलकुद विकासका लागि आफ्नै वजेटमा निरन्तर गतिविधि गर्दै आएको समेत नगर प्रमुख ढुङ्गानाले दावी गरेका थिए ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति मेघनाथ कोईरालाले राज्यबाटै खेलाडीहरु उपेक्षित भैरहेको स्वीकार गर्दै राज्यका तीनै तहले परिणाम मुखी खेल नीति बनाउनु पर्ने बताएका थिए ।

अधिवेशनबाट बनेको नयाँ कार्य समिति यस्तो छ
अध्यक्ष: प्रदिप गिरी
उपाध्यक्ष: दिनेश थापा मगर
उपाध्यक्ष: सम्झाना भण्डारी
सचिव: रविन्द्र कुमार भुजेल
कोषाध्यष: डेनिड विक
सह-कोषाध्यक्ष: गौतम श्रेष्ठ
सदस्यहरु
संजिव भुजेल
कृष्ण भुजेल
दिलिप कुमार रेग्मी
विदुर बास्कोटा
शंकर गुरुङ
सारा तामाङ
श्यामकुमार पोखरेल
अनिश अधिकारी
सुजन पंडित
मिलन कार्की