धादिङमा पहिलो डोज लगाएका ३,८९७ जनाले दोस्रो डोज ‘भेरोसेल’ लगाएनन्

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २९, २०७८

धादिङ साउन २९ । धादिङमा साउन २७ र २८ गते दुई दिन पहिलो डोज ‘भेरोसेल’ खोप लगाएकाहरुलाई दोस्रो डोज लगाईएको थियो ।

यो दुई दिनको अवधिमा पहिलो डोज लगाएर बसेका धादिङका २१ हजार ८७२ जनाले दोस्रो डोज लगाउनु पर्ने थियो तर जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको खोप लगाईएको विवरण अनुसार १९ हजार ९८५ जना मात्रै खोप लगाए भने ३ हजार ८९७ जना खोप लगाउन आएनन् ।

जिल्लाका ७० वटा खोप केन्द्रबाट पहिलो दिन साउन २७ गते ५२९४ महिला र ५५९६ पुरुष गरी १०,८९० जनाले र साउन २८ गते महिला ३४६३ र पुरुष ३६३२ गरी ७,०९५ जनाले मात्रै भेरोसेलको दोस्रो डोज लगाएका छन् ।

अब साउन ३१ र ३२ गते कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

धादिङमा ‘कोभिडशिल्ड’ को पहिलो डोज २२ हजार १३८ जनाले लगाएका छन् भने दोस्रो डोज ३ हजार ११३ जनाले लगाएका छन्।‘कोभिशिल्ड’ खोपको दोस्रो डोज लगाउन बाँकी १८ हजार ९०५ जनालाई एस्ट्राजेनेकाको खोप दिनलागिएको हो। फाईल फोटो