धादिङका १३० जना शिक्षक गिरफ्तार

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २९, २०७८

धादिङ साउन २९ । धादिङबाट शिक्षक महासंघको ओन्दोलनमा सहभागि १२० जना भन्दा बढी धादिङका शिक्षकहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला स्तरीय शिक्षक आन्दोलन परिचालन समिति संयोजकद्वय विष्णु अधिकारी र खिलबहादुर धमला नेतृत्वमा काठमाडौं स्थित प्रधानमन्त्री कार्यालय परिसरमा ३४ बुँदे माग सम्बोधनको लागि धर्ना कार्यक्रममा सहभागि हुँदा धपकड गरी गिरफ्तार गरेकोहो । गिरफ्तारीमा धादिङ बाहेक जिल्लाका समेत गरी १ हजार भन्दा बढी शिक्षकहरु छन् ।

धर्ना कार्यक्रमबाट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका ७० जना र शिक्षक संघ धादिङका ६० जना शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको शंकर अधिकारीले बताउनु भयो । गिरफ्तारीमा परेका शिक्षहरुलाई अहिले महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपर्ने लगायतका माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि महासंघ आन्दोलनरत छ ।