विप्लव नेतृत्वको नेकपा धादिङको पूर्ण वैठक सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, साउन २८, २०७८

धादिङ साउन २८ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वमो नेपाल कम्युनिस्ट पार्टी धादिङको पुर्ण वैठक सम्पन्न भएको छ ।

नेकपाका केन्द्रीय सदस्य माईला लामाको प्रमुख आतिथ्यतामा भएको उक्त पूर्ण वैठकले जिल्लामा भ्रष्टाचार, महङ्गी, कालो बजारीका विरुद्ध विशेष अभियान चलाउने निर्णय गरेको छ ।

वैठकमा नेता लामाले स्थानीय तह सम्म पार्टी कमिटी बनाउन र प्रशिक्षण अभियान चलाउन जिल्ला कमिटीलाई निर्देश दिएका छन् ।

जिल्ला पार्टी सेक्रेटरी कमरेड सुमनको अध्यक्षता धुनीबेसी नगरपालिकाका सम्पन्न उक्त बैठक जिल्ला कमिटीका सदस्यहरु जवस मोर्चाका संयोजकहरु सहभागि थिए ।