सी डिभिजन छनोट खेल्न इच्छुक खेलाडीलाई तत्काल सम्पर्क गर्न नलाङ चक्रदेवीको आव्हान

Avatar photo
Dhadingpost
बिहिबार, साउन २८, २०७८

धादिङ साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगिता भाद्र १० गते देखि गर्ने भएको छ ।

यस प्रतियोगितामा सिद्धलेक गाउँपालिका स्थित चक्रदेवी सामुदायीक समाजले भाग लिने भए सँगै धादिङमा छरिएर रहेका इच्छुक फुटबल खेलाडीहरुलाई तत्काल सम्पर्क गर्न समाजले सूचना जारी गरेको छ ।

सूचनामा भनिएको छ, युवा बर्गमा रहेका अन्तर्निहित क्षमाता प्रष्फुटन गर्न, आधारभुत खेल नियम, अनुशासन र सामुदायिक भावना बिकास गर्न चक्रदेवी सामुदायिक समाज नेपाल (CCS-TYT) ले भाद्र १० गते देखि काठमाडौमा एन्फा द्वारा आयोजित सि डिभिजन छनौट खेलमा यस चक्रदेवी सामुदायिक समाज नेपालले पनि प्रतिस्पर्धा गर्ने हुदा इच्छुक खेलाडीहरुलाई सम्पर्कको लागि यो सूचना प्रसारित गरिन्छ ।

सम्पर्क
नलाङ मोडेल एकेडेमी
9808142044
9841761737
9803454648