नेत्रावती डवजोङका ५८ जना महिलाको गर्भ परिक्षण

Avatar photo
Dhadingpost
बुधबार, साउन २७, २०७८

धादिङ साउन २७ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्तरगत ५८ जना महिलाको गर्भ परिक्षण गरेको छ ।

गाउँपालिकाका सुचना अधिकारी एवम स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौड्यालका अनुसार गाउँपालिकाले गर्भवती महिलाहरुलाई गर्भभित्र रहेको शिशुको अवस्थाको बारेमा जानकारी गराउने उद्धेश्यले आईतबारदेखी मंगलबारसम्म गरिएको ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रममा ५८ जना महिलाको गर्भ जाँच गरिएको हो ।

परिक्षणका क्रममा एक जनाको गर्भमा जुम्ल्याहा बच्चा रहेको, ५ जना गर्भवतीको गर्भभित्र असामान्य अवस्था रहेको, तीनजना गर्भवतीलाई रेफर गरिएको र अन्यको अवस्था सामान्य रहेको पाईएको सुचना अधिकारी पौडेलले बताए ।

इलभ जभबचत धयचमि धष्मभ संस्थाले ग्रामिण क्षेत्रका गर्भवती महिलाको गर्भ जाँचका लागि जिल्लाको १३ वटै स्थानिय तहलाइ १र१ थान ग्रामिण अल्ट्रा साउन्ड मेसिन प्रदानगरे सँगै नेत्रावती डवजोङले प्रत्येक दुई–दुई महिनाको अवधिमा गर्भवती महिलाको परीक्षण गर्दै आएको छ ।

यस्तै गंगाजमुना गाउँपालिकाले पनि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्तरगत नियमित घुम्ती शिविर गर्दै आएको छ ।