
धादिङ साउन २६ । धादिङको गजुरी गाउँपालिका स्थित बेल्खु खोलामा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार गजुरी गाउँपालिका वडा नं. ८ किराञ्चोकका १० वर्षिय धिरज ढुंगाना बेल्खु खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
मंगलवार बिहान ११ बजे ४ जना साथीहरु सहित बेल्खु खोलामा पौडि खेल्न गएका मध्ये धिरज ढुंगाना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
धादिङपोष्टका लागि फोटो सौजन्य भुवन भण्डारी