धादिङबेसीमा तीन संस्थाद्वारा नि:शुल्क मास्क वितरण

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७८

पुजा थापा
धादिङ साउन २६ । धादिङबेसी सदरमुकाममा रोटरी क्लव अफ धादिङ, हर्ट फाउण्डेसन धादिङ र पत्रकार महासंघ धादिङले संयुक्त रुपमा कोरोना रोकथामका लागि निस्शुल्क मास्क वितरण गरेका छन् ।

रोटरी क्लव अफ धादिङका अध्यक्ष भिम श्रेष्ठका अनुसार “महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता “मास्क सप्ताह २३-२९ श्रावण, २०७८” मनाउँदै यी तीन संस्थाले धादिङबेसीमा नि:शुल्क मास्क वितरण गरेका हुन् ।

पुछारबजारबाट निस्किएको यी तीन संस्थाको जनचेतना मुलक र्याली सँगै १ हजार मास्क नि:शुल्क वितरण गिरएको समेत श्रेष्ठले बताए ।

यहि अभियान मनाउने क्रममा सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पनि सदरमुकाममा १ हजार मास्क वितरण गरिएको जनाएको थियो ।