
धादिङ साउन २६ । धादिङको धुनीबेसी नगपालिका ६, नौबिसेमा रहेको न्यू पल्पसा क्याफे साइड बजार अनुगमन टोलीको फन्दामा पर्दा कार्वाहीमा परेको छ ।
जिल्ला प्रशासन धादिङ र जिल्ला घरेलु कार्यालय धादिङबाट खटिएको बजार अनुगमन टोलीले सोमबार मापदण्ड विपरित संचालनमा आएको अखाद्य वस्तुहरु प्रयोग गरेको पाएकोले पल्पसा क्याफे साइड कार्वाहीमा परेको हो ।
अखाद्य (कुहिएको) आलु प्रयोग गरेको, मूल्यसूची नराखेको, बिक्री बिल नभएको, होटलको सरसफाईमा ध्यान नदिएको, स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना नगरेको पाईएकोले पहिलो पटकलाई सचेतना सहित १० हजार नगद जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।