नीलकण्ठ र एड्भान्स पढेका २-२ जनाले एमबीबीएसमा नाम निकाले

Avatar photo
Dhadingpost
सोमवार, साउन २५, २०७८

धादिङ साउन २५ । धादिङको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विधालयमा पढेका २ जना र धादिङबेसी कै निजी विधालय एड्भान्स एकेडेमी पढेका २ जना विद्यार्थी गरी ४ जनाले चिकित्सा शिक्षा आयोगबाट लिइएको एकीकृत प्रवेश परिक्षा (एमबीबीएस) पढ्न नाम निकालेका छन् ।

नीलकण्ठ माविमा पढेका सविना तामाङ र टुसामाया तामाङले सरकारी विद्यालयबाट कक्षा १२ पास गरेको आधारमा पाउने छात्रवृत्ति छनौटमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् भने एड्भान्स पढेका धिरन गुरुङ र अंकिता केसीले शुल्क तिर्नु पर्ने गरी एमबीबीएसमा नाम निकालेका हुन् ।

नीलकण्ठ मावि पढ्दै पुर्ण छात्रबृतिमा एमबीबएएस पढ्ने सुर्वण अवसर पाएका सविनाले १२९ नम्बर र टुसामायाले १२४ नम्बर ल्याएका छन् । यस्तै सशुल्क पढ्न पाउने गरी नाम निकालेका एड्भान्स एकेडेमीका धिरनले १५९ नम्बर र अंकिताले ११० नम्बर ल्याएका थिए ।

पूर्ण छात्रबृतिमा नाम निकाले सँगै नीलकण्ठ माध्यामिक विदालयका प्रधानाध्यापक ध्रुर्व अधिकारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई ज्ञापन गरेका छन् ।