
धादिङ साउन २४ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५४८ जना कोरोना संक्रमित थपिदा धादिङमा २५ जना संक्रमित थपिएका छन् ।
धादिङ आज थपिएका संक्रमितमा धुनीबेसीमा १, गजुरीमा १, त्रिपुरासुन्दरीमा ८, ज्वालामुखीमा ४ र सिद्धलेकमा ११ जना छन् । यस्तै आज धादिङमा डिस्चार्ज हुनेको संख्या ५६ रहेको छ ।
धादिङमा आज कोरोनाको ससक्रिय केश ३८६ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइशोलेसनमा १० र होम आइशोलेसनमा ३७६ रहेका छन् ।
नीलकण्ठ नगरपालिकामा आज ३१ स्वाब संकलन भएको छ । ९८ एनटीजेन परिक्षण मध्ये १४ पोजिटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस आज देशभरमा २हजार ५४८ जना संक्रमित थपिए भने ५५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ । यस अवधिमा दुई हजार २९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३५ हजार ४ सय ८५ जना संक्रिय संक्रमित रहेका छन् ।