माओवादी केन्द्र धादिङ-काठमाडौं सम्पर्क मन्चको कार्यक्रममा पुष्पविक्रम मल्ल लगायतका नेतालाई बोलाईएन

Avatar photo
Dhadingpost
साउन २४, २०७८

धादिङ साउन २४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ-काठमाडौं सम्पर्क मन्चले हरि शर्माको संयोजकत्वमा भेला आयोजक कमिटि गठन गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख अतिथ्यतामा शनिबार सम्पन्न मन्चको पूर्ण बैठकले धादिङ आगिञ्चोक घर भई काठमाडौमा व्यवसाय गर्दै आएका हरि शर्माको संयोजकत्वमा ४१ सदस्यीय भेला आयोजक कमिटि गठन गरेको हो ।

यस अघिका अध्यक्ष रहेका विनोद बाबु रिमाल पार्टी काम कै शिलसिलामा धादिङ रहेकोले सम्पर्क मञ्चको छिटो भन्दा छिटो भेला गर्न शर्माको संयोकत्वमा भेला आयोजक कमिटि बनाईको माओवादी केन्द्र धादिङले बताएको छ ।

उक्त पूर्ण बैठकमा माओवादी केन्द्र धादिङका इञ्चार्ज शालिकराम जमकट्टेलले धादिङबेसीमा पार्टी कार्यालय बनाउन आर्थिक संकलन सुरु भैसकेकोल सम्पर्क मञ्चले पनि सहयोग संकलन गर्न निर्देशन गरेका थिए ।

सम्पर्क मन्चको उक्त भेलामा काठमाडौं मै रहेका केन्द्रिय सदस्यहरु पुष्पविक्रम मल्ल, विष्णुपुकार श्रेष्ठ र कल्पना धमला, सल्लाहकार बेधनीधि अधिकारी लगायत नेतालाई नबोलाई जिल्ला इन्चार्ज शालिकराम जमकट्टेलले गुटको राजनीति काठमाडौमा पनि प्रवेश गराएको एक नेताले धादिङपोष्टलाई बताए ।

बैठकमा माओवादी केन्द्र धादिङका नेताहरु रामबहादुर भण्डारी, जगत सिंखडा, विजय बुर्लाकोटी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।