थाक्रे स्थित ७१ वर्षिय जुनुमायाँलाई घर मै नागरिकता प्रदान

Avatar photo
Dhadingpost
आइतवार, साउन २४, २०७८

धादिङ साउन २४ । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर १० स्थित जुनुमाया खडकालाई घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीहरुले खड्कालाई घरमा नै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।

धादिङका विपन्न चेपाङ् समुदायहरुलाई गाउँमा नै पुगेर नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन धादिङले बेला बखत नागरिकता प्रदान गर्न घुम्ती अभियान समेत संचालन गरेको थियो ।

पछिल्लो समय जिल्ला प्रशासन जेष्ठ नागरिकहरुको घरै सम्म पुगेर नागरिकता दिनु अत्यन्त सुन्दर पक्षका रुपमा लिन सकिन्छ ।

जिल्ला प्रशासनले जेष्ठ नागरिकले नागरिकता घरमै लिन पाउने व्यवस्था मात्रै हैन सामाजिक सुरक्षा जस्ता भत्ता पनि घरमा नै लिन पाउने व्यवस्थाको पहल गर्न आवश्यकता छ ।