बेनीघाट रोराङले बाल विकास शिक्षक र कार्यालय सहयोगीलाई मासिक १५ हजार दिने

Avatar photo
Dhadingpost
साउन २४, २०७८

धादिङ साउन २४ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले बाल विकास शिक्षक र कार्यालय सहयोगीको मासिक तलव ८ हजारबाट बढाएर १५ हजार दिने भएको छ ।

यसै आर्थिक वर्षको श्रावणदेखि नै लागु हुनेगरि बाल विकास शिक्षक र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको गाउँपालिका प्रमुख हरि डल्लाकोटीले बताएका छन् ।

शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन बेनिघाट रोराङ गाउँसमितिको बैठकलाई सम्बोधन गर्दै प्रमुख डल्लाकोटीले आर्थिक वर्षदेखि विद्यार्थी अनुपात हेरेर सरकारी स्केल अनुसार आधारभूत तथा माध्यमिक तहको शिक्षक अनुदान, राहत र करार कोटा वितरण गरिने समेत प्रतिबद्धता जनाए ।

संगठनका गाउँपालिका अध्यक्ष ईश्वरबाबु रेग्मीको अध्यक्षतामा भएको पूर्ण विस्तारित बैठकमा गाउँपालिका अध्यक्ष डल्लाकोटीको प्रमुख आतिथ्यता नेकपा९माओवादी केन्द्र० निर्वाचन क्षेत्रीय इन्चार्ज विवेक थपलिया, वेनिघाट रोराङ गाउँपार्टी अध्यक्ष खेम भुजेल, पार्टीका १० नम्बर वडाका इन्चार्ज मणिराज गुरुङ, संगठनका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ लगायतको आतिथ्यता रहेको थियो ।