
धादिङ साउन २३ । माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् वागमती प्रदेशका प्रदेश सांसद शालिकराम जमट्टेलले अब सुकुम्वासी समस्या समाधान आयोग बनाईने र सुकुम्वासीहरुलाई जग्गा प्रदान गरिने बताएका छन् ।
माओवादी केन्द्र धुनीबेसी नगरपालिकाको कार्यालय उद्घाटन गर्दै नेता जमकट्टेलले ओलीले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग सुकुम्बासीलाई जग्गा दिन थिएन त्यसैले खारेज गरिएको र अब सुकुम्वासी समस्या समाधान आयोग बनाईने बताएका हुन् ।
केपीले गठन गरेको आयोग, सुकुम्वासीलाई जग्गा दिन थिएन, त्यो नामै गलत थियो । भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएर सुकुम्वासी समस्या समाधान गर्न सकिन्छ ? जग्गा कब्जा जमाएर बसेका भुमाफियाहरुलाई जग्गा दिन ओलीले आयोग बनाएका थिए यहि नाममा कार्याकर्तालाई जागिर खुवाउँदै थिए त्यहि भएर खारेज गरिएको बताउँदै उनले वास्तविक सुकुम्वासीहरुलाई जग्गा दिने गरि आयोग बनाईने बताए ।
केपी कै कारण पार्टी एकता सफल हुन नसकेको भन्दै नेता जमकट्टेलले स्थायी सरकार, संविधान कार्यान्वयन गर्ने, भ्रष्ट्रचारको अन्त्य गर्दै सुशासन कायम गर्ने, आर्थिक समृद्धि मार्फत समाजवाद पुग्ने लक्ष्यका साथ एमाले सँग चुनावी एकता हुँँदै पार्टी एकता गरेका थियौं । तर केपी ओलीको चाहाना, पार्टी एकताको बहानामा, केवल उनी आफु प्रधानमन्त्री हुने र पार्टी एकता विघटन गर्ने संविधान पनि विघटन गर्दै यो व्यवस्था नै विघटन उनको चाहानाले पार्टी एक हुन नसकको समेत जकट्टलले बताए ।
चुनावी तालमेल पछिको चुनावी परिणाम र त्यपछिको पार्टी एकताले जनतामा जुन उत्साह थियो, तर कपी ओली कसरी आफु सत्तामा बसी रहने, आफ्नो गुटको मान्छेलाई कसरी सम्रक्षण गर्ने भन्ने तिर मात्रै लागे र अन्तत पार्टी एकता पनि विघटन गरे । हुँदा हुँदा ओली प्रवृति कै कारण उनको आफ्नै पार्टी पनि थिलथिलो भएको बताउँदै जमकट्टलले ओली प्रवृतिको जति भण्डाफोर गरे पनि कमि हुने बताएका थिए ।