
धादिङ साउन २२ । धादिङ जिल्लामा रहेका विभिन्न आईशोलेसनबाट आज ७१ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने आजै ३० जना कोरोना संक्रमित धादिङमा थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको आजकारी अनुसार निलकण्ठमा ६, धुनीबेसीमा ४, गल्छीमा २, ज्वालामुखीमा ५, गंगाजमुनामा १२, नेत्रवाती डवजोङमा १ गरेर गरी ३० जना कोरोना संक्रमित आज थपिएका हुन् ।
धादिङको को सक्रिय केश ४३५ पुगेको छ । जिल्ला हस्पिटल आइशोलेसनमा ५ र होम आइशोलेसनमा ४३० रहेका छन् ।
सिद्धलेकमा आज २८ स्वाब संकलन भएको छ । ७१ एनटीजेन परिक्षण मध्ये २१ पोजिटिभ आएको छ ।