धादिङमा आज ४४ जना डिस्चार्ज, २३ जना संक्रमित थप

Avatar photo
Dhadingpost
बुधबार, साउन २०, २०७८

धादिङ साउन २० । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ४४ जना कोरोना संक्रमितहरु निको भई घर फर्किएका छन् भने यहि अवधिमा २३ जना कोरोना संक्रमित थप भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज थपिएका कोरोना संक्रमिताहरुमा नीलकण्ठमा १, धुनीबेसीमा ९, गल्छीमा १, ज्वालमुखिमा २, त्रिपुरासुन्दरीमा ४, गजुरीमा १ र गङ्गाजमुनामा ५ गरि २३ जना छन् ।

जिल्लाको सक्रिय केस ४५२ पुगेको छ । जिल्ला हस्पिटल आइशोलेसनमा ४ र होम आइशोलेसनमा ४४८ रहेका छन् । आज गजुरीमा १० स्वाब संकलन भएको छ । ११० एनटीजेन परिक्षण मध्ये २२ पोजिटिभ आएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १६ हजार २९८ नमुना परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमा ११ हजार ३५४ जनाको आरटी पीसीआर र चार हजार ९४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार ९७५ र एन्टिजेनबाट एक हजार १३२ जनामा संक्रमण पुष्टि छ ।

सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ ।