माओवादी केन्द्र धादिङको बैठक, दुई मुख्य निर्णय गर्दै सकियो

Avatar photo
Dhadingpost
बुधबार, साउन २०, २०७८

धादिङ साउन २० । नेकपा माओवादी केन्द्र धादिङको जिल्ला कमिटीको वैठक मुख्य दुई निर्णय गर्दै सकिएको छ ।

माओवादी केन्द्र वागमती प्रदेशका इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक, साउन ३० गते सम्म जिल्लाका १०४ वटै वडाहरुमा वडा कमिटी गठन गर्ने, सदरमुकाममा बन्न लागेको पार्टी कार्यालय भवनको लागि १३ वटै पालिका कमिटीले आर्थिक तथा भौतिक सहयोग संकलन गर्ने मुख्य यी दुई निर्णय गर्दै सकिएको हो ।

प्रमुख अतिथि श्याक्यले पार्टी को वडा सम्मको कमिटि गठन प्रक्रिया सकिएपछि परिचय पत्र वितरण गरिने बताएका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार माओवादी केन्द्र मुलुको मुख्य शक्ति भएको प्रमाणित भैसकेको बताउँदै नेता तथा कार्यकर्ताहरु बैचारिक बन्न आग्रह गरेका थिए ।