महिमा र जीवनको स्मृति दिवस मनाईयो

Avatar photo
Dhadingpost
बुधबार, साउन २०, २०७८

धादिङ साउन २० । नीलकण्ठ नगरपालिका स्थित धुँवाकोटका दुईजना सहिदहरु हस्त बहादुर गुरुङ (जिवन) र कौशल्या तामाङ (महिमा) को धादिङबेसीमा आज १९ औं स्मृति दिवस मनाईएको छ ।

तात्कालि जनयुद्धको क्रममा आजैको दिन अर्थात ०५९ साउन २० गते यी दुई योद्धलाई तात्कालिन शाही सेनाले चरम यातना दिएर हत्या गरेको थियो ।

जनक्रान्तिका महान सहित तथा वेपत्ता परिवार समाजले धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी आज यी दुई योद्धाहरुलाई सम्झना गर्दै स्मृति दिवस मनाएको हो ।

जनयुद्धका प्रखर यी कमाण्डरद्वयले कयौं युद्ध मोर्चाहरुमा विजयी हासिल गरेपनि अन्ततः तात्कालिन सेनाले बाटोमा हिडि रहेको बेला फरक फरक ठाउँबाट गिरफ्तार गरि हत्या गरेको थियो ।

सुन्दा पनि कहाली लाग्दो गरी रातभर पालै पालो बलत्कार गरेर कौशल्याको तात्कालिन शाही सेनाले हत्या गरेको तात्कालिन माओवादी नेताहरु बताउँछन् ।

गोरखा ताकुकोट, नवलपरासीको चौकी दुम्किबास, नुवाकोटको सामरी, तारुका, धादिङको दार्खा, मैदी, स्याङजाको सदरमुकाम खाल्टे काउलेको एम्बुस थुप्रै कार्बाहीलाई विजयमापुर्याउन योगदान गरेका जिवनलाई भने कटुन्जेको भोटेपधेरोमा शाही सेनाका सुराकी सँग भना भन र हात हाला हाल भयो, त्यतिकैमा उहाँलाई गिरफ्तार गरि लगियो र चरम यातना दिइयोे । साङ्कोसको जुम्रेभन्ज्याङ्ग लगेर चरम यातना दिएर हत्या गरेको थियो ।

समाजका अध्यक्ष रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति दिवसमा माओवादी केन्द्र धादिङका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

धुवाँकोटमा मात्रै ८ जना जनयुद्धका सहिद
1. हरिकुमार श्रेष्ठ
2. धनेन्द्रसिह तमाङ
3. चन्द्र बहादुर तामाङ
4. हस्तबहादुर तामाङ
5. कौशिल्या तामाङ
6. फुलमायाँ तामाङ
7. पदम तामाङ
8. रेजिना श्रेष्ठ