माओवादी केन्द्र धादिङको बैठक बस्दै

Avatar photo
Dhadingpost
बुधबार, साउन २०, २०७८

धादिङ साउन २० । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी धादिङ बैठक आज पार्टी कार्यालयमा बस्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

आजको बैठकले पार्टी केन्द्रको तत्काल वडा सम्म कमिटी गठन गर्न गरेको सर्कुलर कार्यान्वयनको लागि योजना, पार्टी कार्यालय भवन निमार्णको लागि थप आर्थिक तथा भौतिक सामाग्री संकलन योजना, पार्टी सदस्यता नविकरण जस्ता विषयमा निर्णय गर्ने एक नेताले धादिङपोष्टलाई बताए ।

बैठक दिउँसो रेडियो बिहानीको हलमा हुने बताईएको छ । फाईल तस्वीर