सहकारीको स्थापना दिवसमा ६१ जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
बुधबार, साउन २०, २०७८

धादिङ साउन २० । धादिङबेसीमा कार्यालय रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार सम्पन्न सहाराको २२ औँ स्थापना दिवसको अवसरमा २७ जना महिला र ३४ जना पुरुष गरि कुल ६१ जना रक्तदान गरेका थिए ।

रक्तदान संकलन अभियानलाई महत्वको साथ अगाडी बढाउने जिल्ला अन्तरगत धादिङ पनि एक हो । गत आर्थिक वषै मात्रै धादिङमा २ हजार ७६६ पिन्ट रगत सङ्कलन भएको रक्त संचारकेन्द्र धादिङले जनाएको छ ।

यस अवधिमा जिल्लाका विभिन्न ३० ठाउँहरुमा रक्तदान कार्यक्रम भएको र जसमा ६६९ जना महिला र २ हजार ९७ जना पुरुष गरी कुल २ हजार ७६६ स्वयमसेवी रक्तदाताले रक्तदान गरेका थिए ।