
पुजा थापा
धादिङ साउन १९ । स्वतन्त्र नागरिक अभियान, धादिङले आज बिहान धादिङबेसी पुछारबजार बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ ।
केहि सीमित व्यक्तिहरुका लागि एमसीसी बरदान भएपनि नेपालको देशको सार्वभौमिकता र बहुसंख्यक जनताको लागि घातक भएकोले यसलाई कुनैपनि हालतमा सदनबाट पास गर्न नहुने बरु नेपालबाटै फिर्ता पठाइदिनु पर्ने प्रदर्शन कारीहरुले बताएका थिए ।
राष्ट्रघाती एमसीसी पास गराउन दिनु हुँदैन त्यसले सम्पूर्ण नेपाली नागरीक दलको झण्डा भन्दा बाहिर आएर राष्ट्रियता र स्वाभिमानका लागि आन्दोलनमा उत्रनु पर्ने प्रदर्शनमा सहभागि दशरथ भण्डारीले धादिङपोष्टलाई बताए ।
स्वतन्त्र नागरिक अभियान, धादिङले शुक्रबार बीचबजार दिउँसो पनि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको थियो ।
(एमसीसी) विषयमा नेपालमा बृहत बहसहरु हुँदै आएको छ । कतिपयले एमसीसी सिधै पास गराउनु पर्ने दवाव दिई रहेका छन् भने कति पय संशोधन सहित पारित गर्नुपर्ने पक्षमा छन् भने एकाथरी मत एमसीसी जस्तो राष्ट्रघाती संझौता कुनै पनि हालतमा गर्न नहुने बताउँदै आई रहेका छन् ।