
धादिङबेसी साउ १८ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका विद्यालयहरुले धमा-धम भौतिक उपस्थिति मै कक्षा संचालन सुरुगरे पछि सोमबार स्थानीय तह र शिक्षण संस्थाहरुलाई सूचना जारी गर्दै निषेधाज्ञा उल्लङ्घन नगर्न र गरे कानुन विपरित हुने बताए थियो ।
यो सूचना सँगै धादिङ कति पय स्थानीय तहले सूचना जारी गरी आफ्नो पालिका भित्रका विद्यालयहरुलाई भौतिक उपस्थिति कक्षा संचालन नगर्न र भर्चुअल माध्यमलाई निरन्तरता दिन बताएका छन् , भने कतिपय पालिकाले अहिले सम्म सूचना जारी गरेका छैनन् ।
यसै विषयमा हामीलै नीलकण्ठ नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति मेघनाथ कोईरालालाई नीलकण्ठमा जिल्ला प्रशासनको सूचनाको सुनुवाई के हुँदै छ विज्ञप्ती आएननी भनेर प्रश्न गरेको छौं ।
स्रोत व्यक्ति कोईराला भन्छन् , हामीले विद्यालय खोल्न भनेका नै छैनौं, शिक्षण सहजिकरणका लागि हामीले छुट्टै कार्य विधि बनाएका छौं त्यहि कार्य विधि अनुसार पठन पठान गर्न भनेका छौं तर सदरमुकामका केहि विद्यालयहरुले आफु खुसी विद्यालय संचालन गरेको भन्ने सुनिन आएकोले आजै सूचना प्रकाशित गरि जिल्ला प्रशासनको पछिल्लो सूचना कार्यान्वयनको लागि निर्देशन दिँदैछौं ।