वाईसीएल धादिङले जिल्लाका सबै वडामा कमिटी गठन गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १९, २०७८

धादिङ साउन १९ । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले धादिङका सबै (१०४ वटा) वडाहरुमा वडा स्तरिय किमिटी बनाउन अभियान सुरुगरेको छ ।

वाईसीएलको केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज चन्द्रबहादुर सिलवाल मिलनका अनुसार हाल बेनीघाट रोराङमा १० वडा मध्य ६ वटा वडामा वडा स्तरीय कमिटी गठन भैसकेको र यो सँगै धादिङमा ४० वटा वडाहरुमा वाईसीएल गठन भैसकेको छ ।

वाईसीएलका जिल्ला संयोजक राजाराम रिजालका अनुसार सामाजमा देखिने अन्याय, अत्याचार र भ्रष्टचारको विरुद्ध वाईसीयलले अव वडाबाटै खवरदारी गर्ने छ ।