गजुरी ट्राफिकले उठायो एकै वर्षमा ३ करोड राजस्व, ३९ हजार सवारी कार्वाही

Avatar photo
Dhadingpost
सोमवार, साउन १८, २०७८

धादिङ साउन १८ । जिल्ला ट्राफिक कार्यालय धादिङले २०७७/०७८ को अवधिमा ट्राफिक नियम उल्लंघन गरे वापत ३ करोड २७ लाख रुपैयाँभन्दा बढि राजश्व संकलन भएको जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने ३९ हजार २ सय ५८ सवारी साधनलाई २०७७/०७८ कारवाही गरिएको र उक्त कार्वाहीबाट ३ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन बताईएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २७ हजार २७६ सवारी साधन कारबाहीमा परेका जसबाट १ करोड ५७ लाख ६० हजार ५० रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनायो ।